चितवनमा हुने अन्तराष्ट्रिय कृषि प्रदर्शनीमा निशुल्क प्रवेश
चितवन, माघ ८ ।
भरतपुरमा कृषि सम्वन्धी बृहत अन्तराष्ट्रिय प्रदर्शनी आयोजना हुने भएको छ । मिडिया स्पेश सोलुसन प्रालि र फ्युचुरेक्स फेयर एण्ड ईभेन्ट्सको संयुक्त आयोजनामा माघ ११, देखि १३ गते सम्म तीन दिन भरतपुरको एक्सो सेन्टरमा प्रदर्शनी हुन लागेको हो ।

कृषि क्षेत्रको समस्त विकास गर्ने उदेश्यले प्रदर्शनी गर्न लागिएको आज भरतपुरमा पत्रकार सम्मेलन गरी जानकारी गराईएको हो । प्रदर्शनीको नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्नुहुनेछ । प्रदर्शनीमा नेपाल, भारत, चीन लगायत विभिन्न देशका कृषि सम्बन्धी १ सय ५० भन्दा वढी स्टलहरु रहने सोलुसनका प्रवन्ध निर्देशक श्रीजल भट्टराईले जानकारी दिनुभयो ।
प्रदर्शनीमा पोल्ट्रीका ८० , कृषि र डेरीका स्टलहरुको विधागत अलग अलग पेभेलियन रहने जनाइएको छ । कुखुरापालन, माछापालन, वाख्रा पालन, गाईभैसी पालन, डेरी लगायत कृषिका नविनतम औजार उपकरण, केरा खेती, थोपा सिचाई र विषादी रहित कृषिका वारेमा प्रदर्शनीमा तालिम तथा गोष्ठि समेत सञ्चालन हुने भट्टराईले बताउनुभयो ।
प्रदर्शनीमा प्रवेश निशुल्क हुने आयोजकले जनाएको छ । देशभरवाट उद्यमी, अनुसन्धानकर्ता, विद्यार्थी, सर्वसाधरण लगायतले अवलोकनका लागी प्रर्दशनीमा आउने आयोजकको विश्वास छ ।
No comments:
Post a Comment