वोइलर कुखुरा पालन गर्ने विधि, प्रकृया र उचित समयबारे सम्पूर्ण जानकारी छैठौँ हप्ता ३६ देखि ४२ दिन



छैठौँ हप्ता ३६ देखि ४२ दिन

एउटा व्रोइलरलाई डेढ वर्ग फिट पुग्ने गरि क्षेत्रफल दिने । फिनिसर दाना दिने । दानाको भाडा हेर्ने । सबै कुखुरालाई खाने स्थान पुग्ने गरी पर्याप्त छ कि छैन ? निश्चित समयको अन्तरालमा फिडर हल्लाउने । दानापानिको भाडाको उचाई पनि यथोचित हुनुपर्दछ । फिडर-ड्रीङ्करको उचाई कुखुराको पिठ्यु बराबर हुनु उचित हुन्छ । शारीरिक वृद्दिसँगै क्रमिक रुपमा फिडरको उचाई बढाउँदै लैजाने । हावाको आवत-जावत (भेन्टीलेशन) अझै बढाउने । सोत्तरलाई यो हप्तामा प्रत्येक दिन पल्टाउने (रेकिङ्ग) गर्ने । सोत्तर जहाँ भिजेको छ त्यसलाई हटाउने र नयाँ सोत्तर थपेर सुख्खा बनाइदिने ।

कोठाको तापक्रम ६०-६५ डिग्री फरेनहाईट हुनुपर्दछ । यदी कोठाको तापक्रम ५५ डिग्री फरेनहाईट भन्दा कम भएमा कुखुराले अनावश्यक बढी दाना खाएर एफ। सि. आर.खराब हुनसक्छ, यस्तो अवस्था आइपरे भुकारीको प्रयोग गरेर तापक्रम बढाउने । सिआरडि र ई. कोलाईको संक्रमण नहोस् भन्नाको लागि विशेष सावधानी अपनाउने । यो हप्ता प्रत्येक चल्ला दाना खपत १२३०-१२५० ग्राम हुनुपर्दछ (कब-५०० को हकमा १४३४ ग्राम) । यति दाना खपत गरेपछि चल्लाको औषत तौल लगभग २४०० ग्राम हुनुपर्छ (कब-५०० को हकमा २८५७ ग्राम) ।

यदि कम वजन आएमा के कारणले गर्दा आयो भन्ने कुराको खोज(तलास गर्ने जुन अर्को लटको लागि शिक्षा हुनसक्दछ, यो लटको लागि भने सुधार गर्ने बेला टरिसकेको हुन्छ । मृत्युदर आधा प्रतिशत भन्दा बढी नहोस् । भि-अक्स  (V-Ox) वा वायो-बुस्टर (Bio-Buster) जस्ता भाइरुसाइडल औषधिले हप्तामा तीन पटक खोरभित्र छिटेर निसंक्रमण गर्ने ।
Image result for 6 week broiler chicken

नोट :
एक समयमा एकै उमेर समूहको व्रोइलर राख्नु उपयुक्त हुन्छ । यसलाई प्रणाली यगत क्थकतझ भनिन्छ । यसबाट नतिजा राम्रो आउनेछ ।
यहाँ बताइएको दाना खपत र शारीरिक वजन व्रोइलरको जात अनुसार केहि फरक हुनसक्नेछ ।पानीको भाँडा विहान र बेलुका गरी दिनको दुई पटक सफाई गर्ने । कुनै प्रभावकारी निसंक्रमण झोलले छिट्ने पनि गर्ने ।

हावाको आदान(प्रदान कम भएमा एसाईटिस (पेटमा पानि जम्मा हुने) को समस्या देखिन सक्छ । साथै खोएभित्र एमोनिया ग्याँसको मात्रा बढ्न गएर विभिन्न संक्रामक रोग निम्त्याउने सम्भावना रहन्छ र वजन प्राप्तिमा समेत नकारात्मक असर पर्नसक्छ ।

दाना खेर जान बाट जोगाउने । फिडरमा सतप्रतिशत भरिने गरी दाना नराख्ने । दुई-तिहाई जति मात्र राख्ने र खाइसकेपछि पूनस् थप्ने ।
सुलीको रंग बदलिएको खण्डमा वा सुली पातलो भएको खण्डमा तुरुन्त यसप्रति ध्यान दिने र दर्तावाल भेटेरिनरी डाक्टर कहाँ लगेर उपचार गरिहाल्ने । केहिबेर चल्लाको नजिकै बसेर ध्यान दिने ।

कोहि सानो र कोहि ठुलो त भैरहेका छैनन् ! यदी यस्तो भएको छ भने कारण पत्ता लगाउने र निराकरण गर्ने । निराकरण गर्नको लागि तौल अनुसार ग्रेडिंग गरी ठुला र सानालाई छुट्टा-छुट्टै बस्ने र दानापानि खाने व्यवस्था गर्न सकिन्छ । चल्लालाई सास फेर्ने बेलामा अफ्ठ्यारो भई आवाज निस्कने गरेको त छैन ? यदी छ भने तुरुन्त भेटेरिनरी डाक्टरसँग परामर्श लिएर सोहि मुताविक काम गर्ने । खुट्टा कमजोर त भएको छैन ? यदी भएमा तुरुन्त उपचार गर्ने ।

डेनागार्ड वा सोलुटिल वा टाइलोभेट भएको पानि प्रयोग गरिसकेपछि बाँकी पानिमा विशेषज्ञ भेटेरिनरी डाक्टरको सल्लाह मुताविक कुनै राम्रो एन्टीवायोटिक (जुन प्रयोगशालामा एन्टीवायोटिक सेन्सिटिभिटी गर्दा अक्सर गरेर सेन्सिटिभ भेटिएको छ । सेन्सिटिभ एन्टीवायोटिक ठाउँ र समय अनुसार फरक हुनसक्छन ।) ३-४ दिन सम्म दिन सकिन्छ ।

व्रोइलर उधोगमा माइकोप्लाज्मा (सिआरडि) देखि जोगिन आवश्यक छ । प्रायगरी ह्याच भएर आएदेखि नै चल्ला आफैले खोरमा माइकोप्लाज्मा भित्राएको पाइन्छ । संक्रमण भैसकेपछि हुनसक्ने क्षतिबाट बचावको लागि एन्टीवायोटिकको प्रयोग नै उपयुक्त विधि हो । तर विशेषज्ञ भेटेरिनरी डाक्टरको परामर्श विना आफुखुसी वा अन्धाधुन्ध एन्टीवायोटिक प्रयोगको निर्णय लिनु उपयुक्त हुँदैन ।

यहाँ कुनै विशेष भ्याक्सिन वा औसधिको नाम उल्लेख गरिएको छ । विशेषज्ञ दर्तावाल भेटेरिनरी डाक्टरको सल्लाह लिएर यससँग मिल्ने अन्य भ्याक्सिन वा औसधिको प्रयोग गर्न सकिन्छ, परन्तु गर्नुहोस जरुर । डेनागार्ड (टियामुटिन) प्रयोग गर्ने बेला यो कुरा ध्यान दिनुपर्छ कि दानामा सालिनोमाईसिन, मदुरामाईसिन, मोनेनसिन र नारसिन जस्ता कक्सीडियोस्टाट प्रयोग भएको हुनुहुँदैन ।

दाना बिक्रेताबाट यो कुराको जानकारी लिन सकिन्छ । यदी दानामा यस्ता कक्सीडियोस्टाट प्रयोग भएको भए सोलुटिल वा टाईलोभेट (टाइलोसिन) प्रयोग गर्न उपयुक्त हुन्छ ।

विशेष नोट:
१. हामी ब्रुडिंगको समयमा तापक्रम कायम गर्ने कुरामा मात्र केन्द्रित हुन्छौँ । हावाको आवत(जावत भेन्टीलेशन०मा भने खासै ध्यान दिदैनौँ । हावाको आवत(जावत अत्यन्तै आवश्यक छ ।
२ .कतिपय किसानले आफ्नो व्यवस्थापनबाट ब्रुडरलाई हटाएको भेट्न सकिन्छ । कतिपयलाई ब्रुडर भन्ने चिज के हो भन्ने नै थाहा छैन । यो एकदम गलत कुरा हो । सामान्य बल्बले मात्र ताप दिने कुरा गर्मीयाममा त पर्याप्त होला तर जाडोयाममा कदापि हुनसक्दैन ।
३. सोत्तरमा बढ्दै गएको ओसिलोपनामा ध्यान दिदैनौँ । यसले एफ।सि।आर लाई खराब बनाउँछ साथै एमोनिया ग्याँसको मात्र वृद्दि भएर थुप्रै स्वास्थ्यजन्य समस्या आइपर्न सक्छ ।
४. सफलतम व्रोइलर पालनको लागि यो कुरा आवश्यक छ कि दैनिक हिसाब-किताब तथा अभिलेख राख्नुपर्छ । तर हामी यसो गरिरहेका छैनौँ ।

Source: Halkpokhabar.com

First Week         Second Week         Third Week         Fourth Week        Fifth Week

No comments:

Post a Comment