तेस्रो हप्ता (१५ देखि २१ दिन)
एउटा व्रोइलरलाई पौने वर्ग फिट पुग्ने गरि क्षेत्रफल दिने । १५ औँ दिन ७५% स्टार्टर र २५% प्रि-स्टार्टर दाना दिने । १६ औँ दिनबाट १००% स्टार्टर दाना दिने । दानाको प्रकार एक्कासी परिवर्तन नगरिकन क्रमबद्ध रुपमा गर्ने । दाना परिवर्तन गर्ने बेलामा बायोलिभ (Bio-Liv) १५ एम एल प्रति सय चल्लाको दरले १२ औँ दिनदेखि १६ औँ दिनसम्म पानीमा चलाउने । दानाको भाडा हेर्ने । सबै कुखुरालाई खाने स्थान पुग्ने गरी पर्याप्त छ कि छैन ?
दानाको भाडाको उचाई पनि यथोचित हुनुपर्दछ । फिडरको उचाई कुखुराको पिठ्यु बराबर हुनु उचित हुन्छ। शारीरिक वृद्दिसँगै क्रमिक रुपमा फिडरको उचाई बढाउँदै लैजाने। हावाको आवत-जावत (भेन्टीलेशन) अझै बढाउने । सोत्तरलाई यो हप्तामा प्रत्येक दिन पल्टाउने (रेकिङ्ग) गर्ने । सोत्तर जहाँ भिजेको छ त्यसलाई हटाउने र नयाँ सोत्तर थपेर मोटाई ३ इन्च बनाइदिने ।
ब्रुडरको नजिकको तापक्रम ८०-८५ डिग्री फरेनहाईट र कोठाको तापक्रम ७०-७५ डिग्री फरेनहाईट हुनुपर्दछ । १९ देखि २१ दिनको बिचमा फेरी गम्बोरो विरुद्धकै इन्टरमेडीयट (IBD Intermediate) भ्याक्सिन पानीमा मिलाएर दिने। सकभर १९ औँ दिनमै दिएको राम्रो ।
एसाईटिस (पेटमा पानि जम्मा हुने) नहोस् भन्नाको लागि विशेष सावधानी अपनाउने । कब-५०० जातका व्रोइलर कुखुरामा तुलनात्मक रुपमा बढी एसाईटिसको समस्या देखिने गरेको पाइएको छ ।
यो हप्ता प्रत्येक चल्ला दाना खपत ६२०-६३० ग्राम हुनुपर्दछ (कब-५०० को हकमा ६५० ग्राम) । यति दाना खपत गरेपछि चल्लाको औषत तौल लगभग ८५० ग्राम हुनुपर्छ (कब-५०० को हकमा ९४३ ग्राम) । यदि कम वजन आएमा तुरुन्त के कारणले गर्दा आयो भन्ने कुराको खोज तलास गरिहाल्ने । मृत्युदर आधा प्रतिशत भन्दा बढी नहोस् । भि-अक्स (V-Ox) वा वायो-बुस्टर (Bio-Buster) जस्ता भाइरुसाइडल औषधिले हप्तामा दुई पटक खोरभित्र छिटेर निसंक्रमण गर्ने ।
नेपाल मा 10000 birds को लागि कति लगानी लाग्छ ?
ReplyDelete