वोइलर कुखुरा पालन गर्ने विधि, प्रकृया र उचित समयबारे सम्पूर्ण जानकारी पाचौँ हप्ता (२९ देखि ३५ दिन)




पाचौँ हप्ता २९ देखि ३५ दिन

एउटा व्रोइलरलाई सवा एक वर्ग फिट पुग्ने गरि क्षेत्रफल दिने । २९ औँ दिन ७५५ फिनिसर र २५५ स्टार्टर दाना दिने । ३० औँ दिनबाट १००५ फिनिसर दाना दिने । दानाको प्रकार एक्कासी परिवर्तन नगरिकन क्रमबद्ध रुपमा गर्ने । दाना परिवर्तन गर्ने बेलामा बायोलिभ  १५ एम एल प्रति सय चल्लाको दरले २६ औँ दिनदेखि ३० औँ दिनसम्म पानीमा चलाउने । दानाको भाडा हेर्ने । सबै कुखुरालाई खाने स्थान पुग्ने गरी पर्याप्त छ कि छैन ? निश्चित समयको अन्तरालमा फिडर हल्लाउने । दानापानिको भाडाको उचाई पनि यथोचित हुनुपर्दछ । फिडर (ड्रीङ्करको उचाई कुखुराको पिठ्यु बराबर हुनु उचित हुन्छ । शारीरिक वृद्दिसँगै क्रमिक रुपमा फिडरको उचाई बढाउँदै लैजाने ।
Image result for fifth week broiler chicken

हावाको आवत-जावत (भेन्टीलेशन) अझै बढाउने । सोत्तरलाई यो हप्तामा प्रत्येक दिन पल्टाउने (रेकिङ्ग) गर्ने । सोत्तर जहाँ भिजेको छ त्यसलाई हटाउने र नयाँ सोत्तर थपेर मोटाई ४ इन्च बनाइदिने । ब्रुडरको नजिकको तापक्रम ७०-७५ डिग्री फरेनहाईट र कोठाको तापक्रम ६०-६५ डिग्री फरेनहाईट हुनुपर्दछ ।

सिआरडि र  कोलाईको संक्रमण नहोस् भन्नाको लागि विशेष सावधानी अपनाउने । यो हप्ता प्रत्येक चल्ला दाना खपत १२०० ग्राम हुनुपर्दछ (५०० को हकमा १२१५ ग्राम) ।

यति दाना खपत गरेपछि चल्लाको औषत तौल लगभग १९०० ग्राम हुनुपर्छ (५०० को हकमा २१९२ ग्राम) । यदि कम वजन आएमा तुरुन्त के कारणले गर्दा आयो भन्ने कुराको खोज तलास गरिहाल्ने र निवारण गर्ने । मृत्युदर आधा प्रतिशत भन्दा बढी नहोस् । भि-अक्स वा वायो-बुस्टर  (Bio-Liv) जस्ता भाइरुसाइडल औषधिले हप्तामा तीन पटक खोरभित्र छिटेर निसंक्रमण गर्ने ।

source: halokhabar.com

No comments:

Post a Comment