चौथो हप्ता (२२ देखि २८ दिन)
एउटा व्रोइलरलाई एक वर्ग फिट पुग्ने गरि क्षेत्रफल दिने । २६ औँ दिनसम्म सतप्रतिशत स्टार्टर दाना नै दिने । २७ औँ दिन ७५% स्टार्टर र २५ % फिनिसर दाना मिसाएर दिने । २८ औँ दिन ५०% स्टार्टर र ५० % फिनिसर दाना मिसाएर दिने । पाचौँ हप्ता देखि स्टार्टर दाना खुवाउनको लागि चौथो हप्ताको अन्त्यतिर क्रमिक रुपमा स्टार्टर दानाको मात्रा घटाउने । एक्कासी परिवर्तन नगर्ने । दानाको भाडा हेर्ने । सबै कुखुरालाई खाने स्थान पुग्ने गरी पर्याप्त छ कि छैन?
निश्चित समयको अन्तरालमा फिडर हल्लाउने । यसरी फिडर हल्लाउनाले कुखुरा दाना खान प्रेरित हुन्छ । दानाको भाडाको उचाई पनि यथोचित हुनुपर्दछ । फिडरको उचाई कुखुराको पिठ्यु बराबर हुनु उचित हुन्छ । शारीरिक वृद्दिसँगै क्रमिक रुपमा फिडरको उचाई बढाउँदै लैजाने । हावाको आवत-जावत (भेन्टीलेशन) अझै बढाउने । सोत्तरलाई यो हप्तामा प्रत्येक दिन पल्टाउने (रेकिङ्ग) गर्ने । सोत्तर जहाँ भिजेको छ त्यसलाई हटाउने र नयाँ सोत्तर थपेर मोटाई ३.५ इन्च बनाइदिने ।
ब्रुडरको नजिकको तापक्रम ७५-८० डिग्री फरेनहाईट र कोठाको तापक्रम ६५-७० डिग्री फरेनहाईट हुनुपर्दछ । २३ औँ र २४ औँ दिनमा फेरीपनि डेनागार्ड (Denaguard) १० ग्राम प्रति १००० चल्लाको दरले वा सोलुटिल (Solutyl) २५ ग्राम प्रति १००० चल्लाको दरले वा टाइलोभेट (Tylovet) १ ग्राम प्रति ३ लिटर पानिको दरले ५-६ घण्टाको पानीमा दिने
२५ देखि २८ दिनको बिचमा फेरी रानीखेत विरुद्धकै लासोटा ९ीबकयतब० भ्याक्सिन पानीमा मिलाएर दिने । सकभर २५ औँ दिनमै दिएको राम्रो । सिआरडिई, कोलाई, कक्सीडियोसिस् एवम् एसाईटिस (पेटमा पानि जम्मा हुने) नहोस् भन्नाको लागि विशेष सावधानी अपनाउने । उपरोक्त रोगका लक्षण देख्नासाथ तुरुन्त दर्तावाल भेटेरिनरी डाक्टर कहाँ उपचार गर्ने । यो हप्ता प्रत्येक चल्ला दाना खपत ९००-९२० ग्राम हुनुपर्दछ (५०० को हकमा ९४३ ग्राम) । यति दाना खपत गरेपछि चल्लाको औषत तौल लगभग १४०० ग्राम हुनुपर्छ (५०० को हकमा १५२४ ग्राम) । यदि कम वजन आएमा तुरुन्त के कारणले गर्दा कम आयो भन्ने कुराको खोज तलास गरिहाल्ने ।
मृत्युदर आधा प्रतिशत भन्दा बढी नहोस् ।
जानकारी राख्नुहोस - यो सप्ताहलाई व्रोइलर पालनमा एकदम जटिल सप्ताहको रुपमा बुझिन्छ । यो सप्ताह खैरियतसँग काटियो भने प्रायगरी अन्त्यसम्म खैरियत नै रहन्छ ।
Source: halokhabar.com
No comments:
Post a Comment