पहिलो हप्ता (१ देखि ७ दिन)
प्रति वर्ग फुट ४ वटा चल्ला हुनेगरी क्षेत्रफल दिने । प्रत्येक चल्लाको बाक्साबाट ४-५ वटा चल्लको तौल लिने र अभिलेख राख्ने । चल्लालाई खोरमा ल्याउनासाथ तुरुन्त ब्रुडिंग क्षेत्रमा छोडिहाल्ने ताकि चल्लाले छिटो भन्दा छिटो पानि पिउन सकून । छोड्दाखेरि पानीको भाँडा नजिकै लगेर छोड्ने र पानि खान उत्प्रेरित गराउने । चल्लाको चुचो पानीमा डोबेर चल्लालाई पानि खान उत्प्रेरित गराउन सकिन्छ । कुखुरामा स्वास—प्रस्वास सम्बन्धि समस्या बढी देखिने स्थानमा चल्लाको सुरुको १ देखि २ घण्टाको पानीमा आई.बिए.च. १२० भ्याक्सिन दिनु उपयुक्त हुन्छ ।
पानीको भाडो (चिक ड्रिङ्कर) को संख्या प्रति ४० चल्ला १ वटा भाडो हुनेगरी मिलाउने । गर्मीयाममा प्रति १०० चल्ला बराबर ३ वटा पानीको भाडो दिने, चल्लाले पिउने पानीमा इलेक्ट्रोलाईट मिसाउने । पानि पिउन सुरु गरेको २-३ घण्टा पछि मात्र दाना दिने । प्रि-स्टार्टर दाना दिने ।दानाको भाँडा (चिक फिडर) को संखा प्रति ४० चल्ला बराबर १ वटा भाडो हुनेगरी मिलाउने ।
ब्रुडरको नजिकको तापक्रम ९०-९५ डिग्री फरेनहाईट र कोठाको तापक्रम ८०-८५ डिग्री फरेनहाईट हुनुपर्दछ । कुनैपनि हालतमा चल्लालाई स्वच्छ हावा चाहिन्छ । पानि र दाना भन्दापनि महत्वपूर्ण कुरा हो स्वच्छ हावा । आवश्यक तापक्रम कायम रहने गरी दुवैतर्फ माथिको पर्दा खोल्नुपर्दछ ताकि अधिक भन्दा अधिक मात्रामा हावाको आवत-जावत हुन सकोस् । अत्यधिक ठण्डी मौसममा पनि पर्दाको माथि कमसेकम १ फुट खुला रहोस् ।
दोस्रो, तेस्रो र चौथो दिन दैनिक ५-६ घण्टाको पानीमा डेनागार्ड (Denaguard) ४ ग्राम प्रति १००० चल्लाको दरले वा सोलुटिल (Solutyl) १० ग्राम प्रति १००० चल्लाको दरले वा टाइलोभेट (Tylovet) १ ग्राम प्रति ३ लिटर पानिको दरले ५-६ घण्टाको पानीमा दिने । चल्लालाई रानीखेत विरुद्धको बि-वान(B-1) भ्याक्सिन आँखामा १ थोपा, ५ देखि ७ दिनभित्र दिने। सकभर पाँचौ दिन मै दिने । सोत्तरको गहिराई कमसेकम डेढ इन्च हुनुपर्छ ।
चल्ला ह्याच भैसकेपछि फार्मसम्म आइपुग्दा केहि समय लाग्ने हुनाले डिहाईड्रेशन भई गाउट रोग देखिन सक्ने अधिक सम्भावना हुन्छ यो समयमा । गाउट रोग साथै फंगल (ढुसिजन्य) इन्फेकशन नहोस् भन्नाको लागि विशेष सावधानी अपनाउने । यो हप्ता प्रत्येक चल्ला दाना खपत १६० -१६५ ग्राम हुनुपर्दछ (कब-५०० को हकमा १६७ ग्राम) । दाना खेर नजाओस् भन्ने कुरामा सावधानी अपनाउने । समय(समयमा खोरमा कामदारलाई हिड्ने-डुल्ने गर्न लगाउने ताकि चल्ला दाना खान प्रेरित हुन् । रातिमा दाना खानको लागि पर्याप्त मात्रामा प्रकाश रहोस् ।
यति दाना खपत भैसकेपछि हप्ताको अन्त्यमा चल्लाको वजन करिब १८५ ग्राम आउनुपर्दछ (कब-५०० को हकमा पनि १८५ ग्राम) । मृत्युदर १ प्रतिशत भन्दा बढी नहोस् । भि-अक्स (V-Ox) वा वायो-बुस्टर (Bio-Buster) ले एकपटक खोरभित्र छिटेर निसंक्रमण गर्ने ।
No comments:
Post a Comment