दोस्रो हप्ता (८ देखि १४ दिन)
चल्लालाई अलि बढी क्षेत्रफल उपलब्ध गराउने । प्रति वर्ग फुट २ वटा चल्ला हुनेगरी क्षेत्रफल दिने ।१२ औँ दिनसम्म सतप्रतिशत प्रि-स्टार्टर दाना नै दिने । १३ औँ दिन ७५ % प्रि- स्टार्टर र २५ % स्टार्टर दाना मिसाएर दिने । १४ औँ दिन ५० % प्रि- स्टार्टर र ५० % स्टार्टर दाना मिसाएर दिने । तेस्रो हप्ता देखि स्टार्टर दाना खुवाउनको लागि दोस्रो हप्ताको अन्त्यतिर क्रमिक रुपमा प्रि- स्टार्टर दानाको मात्रा घटाउने । एक्कासी परिवर्तन नगर्ने । दानाको भाडा हेर्ने । सबै कुखुरालाई खाने स्थान पुग्ने गरी पर्याप्त छ कि छैन ?
दानाको भाडाको उचाई पनि यथोचित हुनुपर्दछ । फिडरको उचाई कुखुराको पिठ्यु बराबर हुनु उचित हुन्छ। शारीरिक वृद्दिसँगै क्रमिक रुपमा फिडरको उचाई बढाउँदै लैजाने। हावाको आवत-जावत (भेन्टीलेशन) अझै बढाउने । सोत्तरलाई यो हप्तामा दुई-तीन पटक पल्टाउने (रेकिङ्ग) गर्ने । सोत्तरको मोटाई बढाएर २ इन्च बनाइदिने ।
ब्रुडरको नजिकको तापक्रम ८५-९० डिग्री फरेनहाईट र कोठाको तापक्रम ७५-८० डिग्री फरेनहाईट हुनुपर्दछ । १२ देखि १४ दिनको बिचमा गम्बोरो बिरुद्धको इन्टरमेडीयट प्लस (IBD Intermediate Plus) भ्याक्सिन आखाँ वा नाक वा मुखको प्वालमा एक (एक थोपा दिने । सकभर १२ औँ दिनमै दिएको राम्रो । मुखको प्वालमा दिँदा उत्साहजनक परिणाम देखिएको छ ।
फंगल (ढुसिजन्य) इन्फेकशन र एसाईटिस (पेटमा पानि जम्मा हुने) नहोस् भन्नाको लागि विशेष सावधानी अपनाउने । यो हप्ता प्रत्येक चल्ला दाना खपत ३६०-३७० ग्राम हुनुपर्दछ (कब-५०० को हकमा ३७५ ग्राम) । समय-समयमा फिडरलाई हल्लाउने । यति दाना खपत गरेपछि चल्लाको औषत तौल लगभग ४५० ग्राम हुनुपर्छ (कब-५०० को हकमा ४६५ ग्राम) । यदि सोभन्दा कम वजन आएमा तुरुन्त के कारणले गर्दा कम आयो भन्ने कुराको खोज तलास गरिहाल्ने । अन्यथा सुधार गर्नको लागि ढिलो हुनसक्छ । मृत्युदर १ प्रतिशत भन्दा बढी नहोस् ।
भि-अक्स(V-Ox) वा वायो-बुस्टर (Bio-Buster) एकपटक खोरभित्र छिटेर निसंक्रमण गर्ने । जीवित भ्याक्सिन (Live vaccine) दिनुभन्दा ४८ घण्टा अगाडि देखि १२ घण्टा पछिसम्म खोरभित्र निसंक्रमण औसधि प्रयोग नगर्ने । निसंक्रमण औसधिको प्रभावले Live vaccine को सक्रिय तत्व नष्ट हुनसक्छन ।
Source: halokhabar.com
No comments:
Post a Comment